शनिबार, असोज ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मिस नेपाल जोशी नागरिक उड्‍डयन प्राधिकरणको दूत नियुक्त

मिस नेपाल जोशी नागरिक उड्‍डयन प्राधिकरणको दूत नियुक्त

२०२२ की मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं– २०२२ की मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन्।

हिडन ट्रेजर र प्राधिकरणबीच यससम्बन्धी एमओयूमा हस्ताक्षर भएको छ। 

नयाँ मिस नेपाल नआएसम्म प्रियंका प्राधिकरणको व्यावसायिक दूत हुनेछिन्। आगामी वर्ष आउने मिस नेपाल पनि एक वर्ष प्राधिकरणको व्यावसायिक दूत नियुक्त हुने जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले दिए। सम्झौता भएअनुसार प्रियंकाले प्राधिकरण मातहत रहेका विमानस्थलको प्रवर्धन गर्ने भएकी छन्।

सञ्चालन भइसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र जनवरी १ देखि सञ्चालनको तयारीमा रहेको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल प्रवर्धनमा पनि प्रियंकाले भूमिका खेल्नेछिन्।

विश्व सुन्दरी प्रतियोगिताको चिनारी भिडियोमा समेत ती दुई विमानस्थलको दृश्य र बाइट राख्ने सहमति भएको छ। प्राधिकरणको व्यावसायिक कार्यमा पनि प्रियंकाले सघाउने सहमति भएको छ। यसै महिना जोशी नेपाल टेलिकमको समेत व्यावसायिक दूत नियुक्त भएकी छन् ।

प्रकाशित: Dec 20, 2022| 13:57 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्