शनिबार, पुस २६, २०८२

कराचीमा इंग्ल्यान्डको ऐतिहासिक 'क्लिन स्विप'

पाकिस्तानको कराचीमा मंगलबार दिउँसो सम्पन्न भएको टेस्ट क्रिकेटमा इंग्ल्यान्डले ऐतिहासिक क्लिन स्विपसँगै जित निकालेको छ।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं– पाकिस्तानको कराचीमा मंगलबार दिउँसो सम्पन्न भएको टेस्ट क्रिकेटमा इंग्ल्यान्डले ऐतिहासिक क्लिन स्विपसँगै जित निकालेको छ। अन्तिम खेलको अन्तिम दिनमा ४० मिनेटको खेलमै इंग्ल्यान्डले सहज जित निकालेको थियो।

National life

अन्तिम ओभरमा १६७ रनको मात्र लक्ष्य पाएको इंग्ल्यान्डलाई कराचीमा आज ५५ रनमात्र आवश्यक थियो। सो रन उसले ११ ओभर एक बल खेल्दै पूरा गर्यो। अन्तिम ओभरमा बेन डुकेटले ८२ तथा बेन स्टोक्सले अविजित ३५ रन बनाएका थिए।

इंग्ल्यान्डले १७ वर्षपछि टेस्ट क्रिकेटका लागि पाकिस्तान भ्रमण गरेको थियो। यसरी पाकिस्तान भ्रमण गरेर घरेलु टिमविरुद्ध क्लिन सिट निकाल्ने पहिलो टिम बनेको छ इंग्ल्यान्ड।

यसअघिको खेलमा इंग्ल्यान्डले पकिस्तानमा दुई टेस्टमा मात्र जित निकाल्न सकेको थियो। पछिल्ला ६१ वर्षमा भएका ३० खेलमा यो इंग्ल्यान्डको निकै कमजोर प्रदर्शन पनि हो।

त्यस्तै पछिल्लो २२ वर्षमा हेर्दा इंग्ल्यान्डको टिमले आफ्नो माटोबाहिर गएर पाकिस्तानलाई सिरिजमा हराएको यो पहिलो पटक हो। त्यस्तै इंग्ल्यान्डको अवे खेलमा उसले निकालेको यो नै चौथो क्लिन स्विप हो। त्यसैले क्रिकेट इतिहासमा यो कीर्तिमानी जित भएको छ।

Laxmi sunrise bank
kumari

खेलमा पहिले पाकिस्तानले ३०४ रन बनाएको थियो। त्यस्तै दोस्रो पारीमा उसले २१६ रन बनाउन सक्यो। पहिलो पारीमै ३५४ रन जोडेको इंग्ल्यान्डले दोस्रो पारीमा १६७ रनको लक्ष्य पाएको थियो। अन्तिम पारीमा उसले आठ विकेट बचाउँदै जित दर्ता गर्यो।

प्रकाशित: Dec 20, 2022| 13:43 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।