काठमाडौं– अर्जेन्टिनालाई उपाधि सुम्पिँदै सन् २०२२ को फिफा विश्वकप कतारमा सम्पन्न भएको छ। अब सबैको मनमा चार वर्षपछि हुने २३औं संस्करणको फिफा विश्वकप सन् २०२६ कसले आयोजना गर्छ भन्ने कुतूहल सुरु भएको छ।
अर्को संस्करणको फिफा विश्वपकप इतिहासमै पहिलो पटक तीन देशले आयोजना गर्दै छन्। दुई संस्करणपछि फेरि पनि अमेरिकी देशले प्रतियोगिता आयोजना गर्दै छन्। अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशले सन् २०२६ विश्वकप आयोजना गर्दै छन्।
यी तीन देशका १६ सहरमा प्रतियोगिताका खेल हुनेछन्। यसमध्ये अमेरिकाले सबैभन्दा धेरै ६० खेल खेलाउनेछ भने बाँकी दुई मेक्सिको र क्यानडाले खेलाउनेछन्।
उक्त विश्वकपमा ३२ टिममा अन्य १६ टिम थपेर ४८ राष्ट्रले सहभागिता जनाउनेछन्।
सन् २०१४ फिफा विश्वकप ब्राजिलले आयोजना गरेपछिका दुई संस्करण एउटा युरोप र एउटा एसिया महादेशमा भएका छन्।