शनिबार, पुस २६, २०८२

सर्किट– २ मा छ नेपाली खेलाडीको विजयी सुरुआत

नेपालका छ खेलाडीले २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को पहिलो दिन सोमबार(हिजो) विजयी सुरुआत गरेका छन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं – नेपालका छ खेलाडीले २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को पहिलो दिन सोमबार(हिजो) विजयी सुरुआत गरेका छन्। सिंगल्सको ब्वाइजमा ४ तथा गल्र्समा २ खेलाडीले जितका साथ यात्रा प्रारम्भ गरेका हुन्। पहिलो दिन ब्वाइजमा ८ र गल्र्समा ६ खेलाडीले नेपालको चुनौती पेश गरेका थिए।

National life

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज सिंगल्समा नेपालका निशाद जोशीले भारतका सञ्जय गिरिश कुमारलाई ६–२ र ६–१, नेपालका दर्शिल श्रेष्ठले भारतका पुकाजसेभेल प्रकाशलाई ६–० र ६–०, नेपालका बोरिस अधिकारीले भारतका तनिस रेडी भुन्द्यालालाई ६–२ र ६–० तथा नेपालका वृजेश अर्यालले भारतका आदित्य सिंहलाई ६–२ र ६–१ ले पराजित गरे।

सोही स्पर्धाको अन्य प्रतिस्पर्धामा भारतका पार्थ सानेले नेपालका आद्रित नेपाललाई ६–२, १–६ र ६–१, हङकङका यु हिन वोङले भारतका अविर श्रीवास्तवलाई ६–२ र ६–१, बंगलादेशका नसफ अहमद नासिर अहमदले नेपालका शास्वत वज्राचार्यलाई ६–० र ६–०, भारतका इशान बडाकीले नेपालका युभेनमान श्रेष्ठलाई ६–० र ६–०, भारतका भिभान मिर्धाले यमनका हमुद इयादलाई ७–६ (२), ३–६ र ६–३, हङकङका कि छियोन मोरिस ताङले भारतका किशोर श्रीरामलाई ६–१ र ६–१ तथा भारतका अर्श वाल्केले नेपालका असभसम्राट हाडालाई ६–२ र ६–४ ले हराए।

नेपाल टेनिस संघको सहयोगमा मनजयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी स्वस्तिका विष्टले क्यानाडाकी सिमोन्टिनी पाललाई ६–१ र ६–२ तथा नेपालकी जेनी खड्काले भारतकी प्रेरणा सन्ट्राललाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाए।

त्यस्तै माल्दिभ्सकी नबा निशानले क्यानाडाकी नोराह चौधरीलाई ६–२ र ६–२, ओमानकी आइशा अल बुसाइदीले भारतकी मेगालाइ प्रकाशलाई ६–० र ६–१, भारतकी सान्भी रेडी भुन्द्यालाले नेपालकी समृद्धि महर्जनलाई ७–५ र ७–५, भारतकी तनिशा भत्नागरले नेपालकी प्राज्ना मानन्धरलाई ७–६ (४) र ६–४, भारतकी सराह चौधरीले नेपालकी निभा श्रेष्ठलाई ६–० र ६–० तथा अमेरिकाकी नाला जोस्फिन मास्केले नेपालकी शिभाली गुरुङलाई ६–३ र ६–४ को सेटमा पन्छाए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 20, 2022| 12:30 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।