आइतबार, कात्तिक २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फ्रेन्च फर्वार्ड बेन्जेमाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

फ्रेन्च फर्वार्ड बेन्जेमाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

कतार विश्वकप सुरु हुनुअघि चोटग्रस्त भएका बेन्जेमाले खेल गुमाएका थिए।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९
Kumaribank
Metro Mart

काठमाडौं– फ्रेन्च तथा रियल मड्रिडका वालोन डी ओर विजेता करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन्। सन् २०१४ विश्वकपपछि टिमबाहिर रहेका बेन्जेमा फ्रान्सको टिममा सन् २०२० को अन्त्यतिर टिममा फर्किएका थिए। बेन्जेमाबिना फ्रान्सले सन् २०१८ को विश्वकप जितेको थियो।

उनको उपस्थितिमा फ्रान्सले सन् २०२१ को नेसनल लिगको उपाधि जितेको थियो। कतार विश्वकप सुरु हुनुअघि चोटग्रस्त भएका बेन्जेमाले विश्वकप गुमाएका थिए।

सोमबार आफ्नो ३५औं जन्मदिनमा उनले आफूले फ्रान्सको टिमबाट संन्यास लिएको घोषणा गरेका थिए। १५ वर्षअघि राष्ट्रिय टिमबाट डेब्यु गरेका उनले फ्रान्सका लागि ९७ क्याप खेल्दै ३७ गोल गरेका छन्।

प्रकाशित: Dec 20, 2022| 11:20 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।