धनगढी- धनगढीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका मिलनचोकमा रहेका लालिगुराँस होटलमा काम गर्दै आएका डडेल्धुराको भागेश्वर गाउँपालिका १ बट्टानीका महेश भारतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहान ७ बने होटेलमाथीको तारबाट करेन्ट लागेका भारतीको उपचारका क्रममा मायामेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेद प्रकाश जोशीले बताए। करिब १८,१९ बर्षका भारतीको होटेलमा पोचा लाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।