शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल प्रहरीका २३ जना एसपीको सरुवा, आठ जिल्लाका प्रमुख फेरिए

नेपाल प्रहरीका २३ जना एसपीको सरुवा, आठ जिल्लाका प्रमुख फेरिए

नेपाल प्रहरीका २३ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचीअनुसार ८ वटा जिल्लामा प्रमुख फेरिएका छन्।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं– नेपाल प्रहरीका २३ जना प्रहरी उपरीक्षकको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचीअनुसार ८ वटा जिल्लामा प्रमुख फेरिएका छन्। 

National life

सूचीअनुसार प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलाई जिल्ला प्रहरी कार्यालय झापामा सरुवा गरिएको छ। पर्सामा कोमल शाह, धनुषामा विश्वराज खड्का, सर्लाहीमा नरेशराज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल र बाँकेमा सन्तोष सिंह राठौरलाई काज सरुवा गरिएको छ। कैलाली जिल्ला इन्चार्जमा देवेन्द्रबहादुर पाल र सुर्खेतमा योगेन्द्रसिंह थापालाई काज सरुवा गरिएको छ।

ट्राफिक व्यवस्थापन कार्यालय बारामा सन्तोषकुमार भट्टराई, नेपाल प्रहरी विशेष कार्यदलमा सुधिरराज शाही र सोमेन्द्रसिंह राठौरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ। राठौर कैलाली जिल्लाबाट सरुवा भएका हुन्।

हेर्नुस् पूरा सूची



प्रकाशित: Dec 19, 2022| 16:31 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।