बिहीबार, जेठ २८, २०८३

धान उत्पादन ८ प्रतिशत बढ्ने प्रक्षेपण

अनुकूल मौसम, रोग र कीरा प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने मन्त्रालयले आकलन गरेको हो।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं– कृषि मन्त्रालयले यो वर्ष धान उत्पादन बढ्ने प्रक्षेपण गरेको छ। अनुकूल मौसम, रोग र कीरा प्रकोपमा कमी आएका कारण यो वर्ष धान उत्पादन बढ्ने मन्त्रालयले आकलन गरेको हो। 

National life

यो वर्षअनुकूल मनसुनी सक्रियता देखिएको, उन्नत बिउ र रासायानिक मल आपूर्ति सहज भएका कारण उत्पादन वृद्धि हुने देखिएको मन्त्रालयको दाबी छ। हाल सात वटै प्रदेशको धान उत्पादन तथ्यांक अद्यावधिक भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशको तथ्यांक आउन बाँकी छ। 

यो वर्ष मुलुकभर १५ लाख ४ हजार ४८६ हेक्टर क्षेत्रफलमा ९४ प्रतिशत धान रोपाइँ भएको थियो। यो वर्ष खेतीयोग्य जमिनको क्षेत्रफल र उत्पादन दुवै बढ्ने देखिएको मन्त्रालयको भनाइ छ।

आव २०७८/७९ मा १४ लाख ७७ हजार ३७८ हेक्टरमा धान रोपाइँ भएको थियो तर धान भित्र्याउने समय प्रतिकूल वर्षाका कारण उत्पादन ८.७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार टन भएको थियो। आव २०७७/७८ मा ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको थियो।

२०७८-७९ मा कुल गार्हस्थ उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान २३.९५ प्रतिशत रहेको केन्द्रीय तथ्यांक विभागका आँकडा छ। कृषि क्षेत्रको वृद्धिदर २.२४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। जीडीपीमा मुख्य बालीका रूपमा धानको योगदान ११.३० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

Shivam cement

प्रकाशित: Dec 19, 2022| 15:10 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्