शुक्रबार, वैशाख २५, २०८३

नैकापमा कौसीबाट खसेर एक जनाको मृत्यु

काठमाडौंको नैकापमा एक घरबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- काठमाडौंको नैकापमा एक घरबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ।

National life

आइतबार राति आफ्नै घरको कौसीबाट खसेर चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकाप बस्ने ९२ वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। 

श्रेष्ठ दुई तलामाथि रहेको कौसीबाट खसेपछि गम्भीर घाइते भएका थिए। गम्भीर घाइते रहेका उनको उपचारको लागि एपिएफ अस्पताल सतुंगल लगिएको थियो। 

त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो। प्रहरी वृत्त चन्द्रागिरिले यस घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Dec 19, 2022| 13:22 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।