बिहीबार, जेठ २८, २०८३

निर्यात अनुदान रकमको शोधभर्ना लिने समय थपियो

यसअघि कुनै पनि कम्पनीले निर्यात गरेपछि पाउने नगद अनुदानका लागि आवेदन दिएको कम्तीमा ७ दिनमा रकम पाउँथे भने अब कार्यदिन लम्ब्याएर १५ दिन पुगेको छ।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं– राष्ट्र बैंकले निर्यात अनुदानको शोधभर्नाको समयावधि दोब्बरले बढाएको छ। राष्ट्र बैंकले शोधभर्नाको रकम भुक्तानी दिने समयावधि दोब्बरले बढाउदै सोमबार बैंक तथा वित्तीय संस्थालाई सरकारले संशोधन गरेको निर्यात अनुदान कार्यविधि लागू गर्न निर्देशन जारी गरेको हो। 

National life

यसअघि कुनै पनि कम्पनीले निर्यात गरेपछि पाउने नगद अनुदानका लागि आवेदन दिएको कम्तीमा ७ दिनमा रकम पाउँथे भने अब सो कार्यदिन लम्ब्याएर १५ दिन पु¥याइएको छ। अनुदान भुक्तानीका लागि सरकारले राष्ट्र बैंकलाई र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत सम्बन्धित कम्पनीलाई अनुदान रकमको शोधभर्ना उपलब्ध गराउनेछ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत कुनै पनि वस्तुको निर्यात गर्दा ८० प्रतिशतसम्म मूल्य अभिवृद्धि भएको, राष्ट्रिय स्तरको ट्रेडमार्कसहितको वस्तु निर्यात भएको, अघिल्लो आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा कम्तीमा २० प्रतिशत बढीले निर्यात गरेको वस्तुलाई ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘निर्यात अनुदान कार्यविधि दोस्रो संशोधन २०७९’ जारी गरी यस्तो व्यवस्था गरेको हो। चालू आर्थिक वर्षदेखि तामा, फलाम, ढलोट र सिसा, अर्धप्रशोधित जडीबुटी (यार्सासहित) ताजा तरकारी (तेस्रो मुलुकमा निर्यात गरे) पुष्प, दुग्धजन्य पदार्थ, फलफूल र अम्रिसो पनि थप गरिएको छ। 

ती वस्तुको निर्यात गरे ८ निर्यात मूल्यको ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरिएको छ। यसअघि विभिन्न १६ प्रकारका वस्तुको निर्यातमा ५ प्रतिशतसम्म सरकारले नगद अनुदान दिँदै आएको थियो।

Shivam cement

प्रकाशित: Dec 19, 2022| 13:18 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्