शुक्रबार, वैशाख १४, २०८१

सत्ता स्वार्थमा प्रचण्ड, जसले राजनीतिलाई बनाउँदैछन् अस्थिर

कुनैबेला एकअर्कालाई सत्तोसराप गरेका प्रचण्ड र ओली एकपटक पुनः सत्तामा जाने खुड्किलोको रुपमा एकअर्काको सहारा खोजिरहेका छन्। सरकार गठनमा पहिले आफू प्रधानमन्त्री हुनुपर्ने दाबी देउवासँग गरिरहेका प्रचण्डले अन्यथा एमालेसँग मिलेर गठबन्धन भत्काउने घुर्की दिइरहेका छन्।
 |  सोमबार, पुस ४, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

सोमबार, पुस ४, २०७९

काठमाडौं– ‘हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्छ। तर, पानी बनिसकेपछि त्यसबाट अक्सिजन वा हाइड्रोजन छुट्याउन खोजेर पाइँदैन, त्यो केवल पानी हुन्छ। नेकपामा पनि अब न एमाले छ, न माओवादी। साँच्चै भन्दा नेकपा छुट्टै यौगिक बनिसक्यो।’ २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई नेकपा गठन हुँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति थियो यो। सातौं आम निर्वाचनको पूर्वसन्ध्यामा बिना कुनै पूर्वतयारी र योजनाबिना चुनावी नाफाघाटाको अंकगणितमा गरिएको एकता घोषणा तीन वर्ष नपुग्दै फुटको संघारमा पुग्यो। माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली एकअर्कालाई अपराधी करार गर्न ‘तुच्छ’ शब्दहरुको सहारा लिने अवस्थामा पुगे। 

triton college

आलोपालो सरकार चलाउने सहमतिअनुसार ओली प्रधानमन्त्री पद छाड्न तयार नभएपछि सुरु भएको झगडा संसद् विघटनसम्म पुग्यो। नेकपा विभाजन भएर पुरानै दल एमाले र माओवादी अस्तित्वमा आए। यतिमात्रै होइन, माधवकुमार नेपालले एमाले फुटाए। अनि कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादीसहितको पाँचदलीय गठबन्धन बन्यो। केपी ओलीको सरकार ढलेपछि शेरबहादुर देउवा नेतृत्वको सरकार बन्यो यिनै पाँच दल मिलेर। 

भनिन्छ, राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन। यो युक्ति एकपटक पुनः सत्य सावित हुनेगरी दलहरु सत्ता कब्जाको रस्साकस्सीमा जुटेका छन् अहिले। एकअर्कालाई सत्तोसराप गरेका प्रचण्ड र ओली एकपटक पुनः सत्तामा जाने खुड्किलोको रुपमा एकअर्काको सहारा खोजिरहेका छन्। सरकार गठनमा पहिले आफू प्रधानमन्त्री हुनुपर्ने दाबी देउवासँग गरिरहेका प्रचण्डले अन्यथा एमालेसँग मिलेर गठबन्धन भत्काउने घुर्की दिइरहेका छन्।

कुनैबेला एकअर्कालाई सत्तोसराप गरेका प्रचण्ड र ओली एकपटक पुनः सत्तामा जाने खुड्किलोको रुपमा एकअर्काको सहारा खोजिरहेका छन्। सरकार गठनमा पहिले आफू प्रधानमन्त्री हुनुपर्ने दाबी देउवासँग गरिरहेका प्रचण्डले अन्यथा एमालेसँग मिलेर गठबन्धन भत्काउने घुर्की दिइरहेका छन्।

राष्ट्रपति र सभामुख कांग्रेसलाई दिएर भए पनि प्रधानमन्त्री माओवादीबाट बन्नुपर्ने माग उनको छ। माओवादी निकट नेताहरुका अनुसार गठबन्धनकै बलमा आफू प्रधानमन्त्री बन्ने पहिलो प्रयास गरेका उनले अन्यथा एमालेसँग मिल्ने विकल्प खुला राखेका छन्। आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेपछि प्रचण्ड आफ्नो रणनीतिअनुसार अघि बढेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डले शेरबहादुर देउवासँग प्रधानमन्त्री मागेका थिए। तर कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। कांग्रेस सकारात्मक नदेखिएपछि आइतबार पनि बालुवाटार पुगेका प्रचण्डले अन्यथा अन्य विकल्प पनि खोज्न सक्ने चेतावनी दिएको उनी निकट स्रोतले जानकारी दिएको छ। तर देउवा भने प्रधानमन्त्री पद छाड्न तयार छैनन्। अन्य दललाई  राष्ट्रपति छाड्न सकिने मनस्थितिमा उनी छन्। तर कुनै हालतमा सरकार आफ्नै नेतृत्वमा बनाउने तयारी उनको छ। यसका लागि उनले पनि एमालेसहित अन्य दलसँग छलफल अघि बढाइसकेका छन्।

corrent noodles
Metro Mart

oli prachanda
एमाले अध्यक्ष केपी ओली र प्रचण्ड।
सुरुवाती दिनदेखि गठबन्धन तोड्ने रणनीतिमा लागेको एमालेले प्रचण्डको यही ढुलमुले अवस्थाको फाइदा उठाउँदै प्रधानमन्त्रीको प्रस्ताव राखेको छ। एमाले नेता ईश्वर पोखरेल केही दिनअघि ओलीको उक्त प्रस्ताव लिएर प्रचण्डलाई भेट्न निवासमा पुगेका थिए। सुवास नेम्वाङ र शंकर पोखरेल पनि प्रचण्डलाई भेट्न गएको खुलेको छ। एमाले, माओवादी र नेकपा एसका दोस्रो तहका केही नेताहरुले बाम गठबन्धनका लागि प्रयास गरिरहेका छन्। यसमा एमाले नेतृत्व पनि सकारात्मक छ। उसले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्नका लागि पहिलो प्रस्ताव गठबन्धन तोड्नुपर्ने राखेको छ र राष्ट्रपति आफूलाई दिनुपर्ने प्रस्ताव पेश गरेको एमालेका एक नेताले बताए।

यद्यपि, ओलीको यस प्रस्तावमा ओलीका केही विश्वास पात्र समेत रुष्ट छन्। उनीहरु कसैगरी माओवादी र नेकपा एससँग मिलेर जान नहुने पक्षमा छन्। ‘जनमतले सरकार बनाउनका लागि कांग्रेसलाई मत दिएर पठाएको छ, उसले बनाओस्, एमालेले बाहिरबाट सपोर्ट गर्छ,’ ओली क्याबिनेटका एक पूर्वमन्त्रीले भने, ‘विचारै नमिल्ने दलहरुबीच एकता गरेर सत्ताको भर्‍याङ चढ्नु किमार्थ सही हुँदैन, जुन यसअघि पनि पुष्टि भइसकेको छ। अब पुनः त्यही बाटोमा जानु घातक हुन्छ।’ आफू गठबन्धनको पक्षमा नरहेको बताउँदै उनले अवस्था हेरेर नेतृत्वले त्यस्तो निर्णय गरे विरोध गर्ने बताए। 

सुरुवाती दिनदेखि गठबन्धन तोड्ने रणनीतिमा लागेको एमालेले प्रचण्डको यही ढुलमुले अवस्थाको फाइदा उठाउँदै प्रधानमन्त्रीको प्रस्ताव राखेको छ। एमाले नेता ईश्वर पोखरेल केही दिनअघि ओलीको उक्त प्रस्ताव लिएर प्रचण्डलाई भेट्न निवासमा पुगेका थिए।

पार्टीभित्रको अन्तरविरोधका बीच पनि गठबन्धन फुट्ने अवस्था आएको खण्डमा प्रचण्डलाई समर्थन गर्न सक्ने मुडमा ओली पुगिसकेको उनीनिकट स्रोतले बताएको छ। त्यसो त एमालेले कांग्रेसलाई पनि सोही प्रस्ताव पठाएको छ। ‘सरकारमा जाने हाम्रो कुनै नीति छैन,’ एमालेका एक नेताले भने, ‘गठबन्धन तोडेर सरकार बनाउने खण्डमा हामी समर्थन गर्छौं भनेर सन्देश पठाएका छौं।’ यद्यपि, अर्का एक एमाले नेताले भने कांग्रेस–एमाले सरकारका लागि पनि पहल भइरहेको बताए।

एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरे पनि प्रचण्ड भने विगतको सहकार्यका कारण ढुक्क छैनन्। जसकारण उनी सत्ता गठबन्धनकै समर्थनमा प्रधानमन्त्री बन्ने पहिलो प्रयासमा छन्। आफ्ना ३२ सहित नेकपा एसका १०, जसपाका १२, जनमोर्चाका एक, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका ३ र प्रभु साहसहित २ स्वतन्त्र सांसद आफ्नो पक्षमा भएको दाबीसहित उनले देउवासँग बार्गेनिङ गरिरहेका छन्। नेकपा एस, जनमत, नागरिक उन्मुक्ति र प्रभु साहले प्रचण्डलाई समर्थन गर्ने विश्वास दिलाएको भए पनि अन्यले भने कुनै निर्णय गरेका छैनन्। यद्यपि, प्रचण्डलाई समर्थन गर्ने विश्वास दिलाएका ती दलले पनि आधिकारिक निर्णय भने गरेका छैनन्। आफ्नो समर्थनमा ती सांसदहरु भएकोमा विश्वस्त प्रचण्ड देउवाले नछाडेको खण्डमा एमालेसँग सहकार्य गर्ने मनस्थितिमा पुगेको उनी  निकट स्रोतले बताएको छ।

प्रकाशित: Dec 19, 2022| 12:38 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...