आइतबार, कात्तिक २, २०८२

सेन्ट्रल जोन खेल्न बंगलादेश जाँदै नेपाली टिम

७ देखि ११ पुससम्म सञ्चालन हुने प्रतियोगिता राउन्ड रोविनको आधारमा हुनेछ।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं– बंगलादेशको राजधानी ढाकामा आयोजना हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल जोन अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टिम बंगलादेशको राजधानी ढाका जाँदै छ।

Kumaribank

आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले राष्ट्रिय झन्डा प्रदान गरेर शुभकामनासहित बिदाइ गरेको नेपाली टिम बंगलादेश प्रस्थान गर्न लागेको हो।

७ देखि ११ पुससम्म सञ्चालन हुने प्रतियोगिता राउण्ड रोविनको आधारमा हुनेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहनेछ।

खेलाडीलाई बिदाइ गर्दै सदस्य सचिव घिसिङले खेलकुदको विकासका लागि विभिन्न उमेर समूहको प्रतियोगिता आवश्यक रहेकाले नेपालको नाम र शान राखेर प्रतियोगितामा विजयी हुन शुभकामना दिए।

बंगलादेश जाने टोलीमा धीरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनीष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भीमराज गुरुङ (लिबेरो) रहेका छन्।

Metro Mart

यस्तै, टिम मुख्य प्रशिक्षकमा जगदीश भट्ट, सहायक प्रशिक्षकमा भरत यादव र टिम व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ रहेका छन्। 

बंगलादेश जाने टोलीका लागि संघका पूर्वअध्यक्ष मनोरञ्जन रमण शर्माले सहयोगबापत नगद १ लाखको चेक अध्यक्ष चन्दलाई हस्तान्तरण गरे।


सोही क्रममा सेन्ट्रल एसिया भलिबल एसोसिएसनले प्रथम पटक आयोजना गर्न लागेको काभा सेन्ट्रल एसिया भलिबल एसोसिएसन बिच भलिबल इन्टरनेसनल टुर्नामेन्टमा सहभागी हुन जाने महिला तथा पुरुष भलिबल टोलीलाई पनि आइतबार बिदाइ गरिएको थियो। 

यो टोलीमा महिलातर्फ कोपिला उप्रेती र कमला पुन तथा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार छन्। टिममा प्रशिक्षकको रुपमा राष्ट्रिय भलिबलका पूर्वकप्तान तथा बिच भलिबल खेलाडी भरत शाह र अफिसियलमा संघकी सदस्य जुनु पुन मगर रहेका छन्।

प्रतियोगिता बंगलादेशको कोक्स बजारमा ११ देखि १६ पुससम्म सञ्चालन हुनेछ। बिच भलिबल टोली एक सापछि मात्र त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

बिच भलिबलमा पुरुषतर्फ नेपाल, किर्गिस्तान, भुटान, बंगलादेश, भारत, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ सहभागी टोलीको टुंगो लागेको छैन।

प्रकाशित: Dec 19, 2022| 11:38 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।