सोमबार, साउन ५, २०८२

मोरङमा विद्यालय गएका दुई बालिका बलात्कृत

मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई बालिका बलात्कृत भएका छन्। प्रहरीले विद्यालय गएका दुई जना १४ वर्षीया बालिका बलात्कृत भएको जनाएको छ।
 |  सोमबार, पुस ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

vianetvianet

विराटनगर- मोरङको सुन्दरहरैंचामा विद्यालय गएका दुई बालिका बलात्कृत भएका छन्। प्रहरीले विद्यालय गएका दुई जना १४ वर्षीया बालिका बलात्कृत भएको जनाएको छ। विद्यालय गएका दुवै बालिका घर नफर्किएपछि सोधीखोजी गर्दा घटना बाहिरिएको हो। 

सुन्दरहरैंचा नगरपालिका-३ र ५ घर भएका बालिका बलात्कृत भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। यही पुस १ गते शुक्रबार दुवै जना विद्यालय जान भनेर घरबाट हिँडेका थिए। विद्यालय बन्द रहेको थाहा पाएपछि उनीहरू सुन्दरहरैंचाकै गौशालामा भलिबल हेर्न गए। 

भलिबल आयोजनास्थलमा भेटिएका सुन्दरहरैंचा-४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैंचा-६ का २१ वर्षीय प्रताप तामाङले ललाइफकाइ होटलमा लगेर दुवै  जनालाई बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूले सुन्दरहरैंचा-७  बेलगाछीमा रहेको होटल दरबार इन, रेस्टुरेन्ट एन्ड लजको दोस्रो तलाको अलगअलग कोठामा रातभर राखेर बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। 

पढ्न विद्यालय गएका बालिका राति अबेरसम्म घर नफर्किएको जानकारी दिँदै अभिभावकले खोजीका लागि सहयोग गर्न प्रहरीलाई आग्रह गरेका थिए। भोलिपल्ट अर्थात शनिबार मात्रै उनीहरू घर फर्किए। अभिभावक र प्रहरीले सोधीखोजी गर्दा दुवै बालिकाले आफू बलात्कृत भएको जानकारी गराएपछि घटना बाहिर आएको डीएसपी श्रेष्ठले बताए। 

पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न दुवै जनालाई पक्राउ गरिएको छ। अभिभावकले इलाका प्रहरी कार्यालय बेलबारीमा आइतबार साँझ जाहेरी दिएका थिए। त्यसलगत्तै खटिएको प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्नलाई उनीहरूकै घरबाट पक्राउ गरेको हो। 

तिम्सिना र तामाङलाई सहयोग गर्ने सुन्दरहरैंचा-५ का २० वर्षीय बेन्जु चौधरी र सुन्दरहरैंचा-६ का २० वर्षीय पदम कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार चौधरी र कार्की घटनाका मतियार हुन्। उनीहरूले तिम्सिना र तामाङसँग बालिकाको भेट गराउने, होटलको कोठा मिलाइदिने, खानेकुराको व्यवस्था गरिदिने तथा बलात्कारपछि बालिकालाई गर्भनिरोधक औषधि उपलब्ध गराउने काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

प्रकाशित: Dec 19, 2022| 11:12 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।