काठमाडौं- झापाको मेचीनगर नगरपालिका–१३, चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ। इलामको रोङ गाउँपालिका–६ की २३ वर्षीया उषा राईको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
हिजो बेलुका करिब साढे ८ बजे ना८ख ३३३६ नम्बरको ट्रकले मे७प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल चालक सकुशल रहेको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीचौकी चारआलीले जनाएको छ।