सोमबार, साउन ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा सवारी दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

कञ्चनपुरमा सवारी दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा आइतबार साँझ भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।
 |  सोमबार, पुस ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

vianetvianet

कञ्चनपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा आइतबार साँझ भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा से२प ८२० नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो। बेलडाँडीका अन्दाजी २६ वर्षीय मोटरसाइकल चालक कृष्णसिंह साउदको मृत्यु भएको हो।

दुर्घटमा परी घाइते भएका साउदलाई प्रहरीको सहयोगमा कैलालीको मायामेट्रो अस्पतालमा उपचारका लागि पुर्‍याउँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक सिंहले बताए।

ट्याक्टरमा सवार कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चार महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन्। घाइतेको कृष्णपुरस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

घाइते पाँचैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Dec 19, 2022| 10:40 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।