सोमबार, साउन ५, २०८२

ट्रकमा मोटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु

बाराको निजगढ नगरपालिका–२ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते छन्।
 |  सोमबार, पुस ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

vianetvianet

काठमाडौं- बाराको निजगढ नगरपालिका–२ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। एकजना घाइते छन्।

मोटरसाइकल चालक रौतहटको गुजरा नगरपालिका सिम्रिकका २६ वर्षीय भुवन पहाडी र त्यसमै पछाडि सवार २७ वर्षीय रितबहादुर राईको मृत्यु भएको हो। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार २४ वर्षीय सुशील माझी घाइते भएका छन्। उनको निजगढस्थित प्रसूति सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

हिजो बेलुका करिब ७ बजे प्रदेश २ ०२ ००९ प ३९४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रोकिराखेको प्रदेश २ ०३ ००१ ख ४२२९ नम्बरको ट्रकमा ठोक्किएको थियो। दुवै सवारीसाधन र ट्रक चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

प्रकाशित: Dec 19, 2022| 10:14 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।