काठमाडौं- जुम्लाको न्यूनतम तापक्रम माइनस ४.९ डिग्री सेल्सियस मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान पौने ९ बजे मापन गरी सार्वजनिक गरेको विवरणमा उल्लिखित स्थानका न्यूनतम तापक्रममध्ये यो सबैभन्दा कम हो।
महाशाखाका अनुसार यस दिन काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ। एक साताअघि अर्थात् गएको सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रप यो वर्षकै कम ५.४ डिग्री सेल्सियस थियो।
आज डडेलधुराको न्यूनतम तापक्रम ५, वीरेन्द्रनगरको ५.९, ताप्लेजुङको ७.९, दिपायलको न्यूनतम तापक्रम ८.२ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।
महाशाखाले हरेक दिन बिहान न्यूनतम र बेलुका अधिकतम तापक्रम मापन गरी विवरण सार्वजनिक गर्ने गर्छ।