शुक्रबार, कात्तिक २८, २०८२

नेयमारले मेसीलाई दिए बधाई

फिफा विश्वकप फुटबलको उपाधि जित्न सफल भएकोमा ब्राजिलका चर्चित खेलाडी नेयमारले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई बधाई दिएका छन्।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- फिफा विश्वकप फुटबलको उपाधि जित्न सफल भएकोमा ब्राजिलका चर्चित खेलाडी नेयमारले अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत मेसीलाई बधाई दिएका हुन्। 

National life

मेसीले ट्रफी चुमेको तस्बिर राख्दै नेयमारले लेखेका छन, ‘बधाई छ ब्रदर मेस्सी।’ अर्जेन्टिनाले गएराति लुसेल स्टेडियममा भएको फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै तेस्रोपटक उपाधि जितेको हो।

उपाधि दिलाउने क्रममा पेनाल्टीमा अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले गोल गरे।

फ्रान्सका लागि भने केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे। किन्सले कोम्यान र अरुलिन चुवामेनी भने पेनाल्टीमा गोल गर्न सकेनन्।

प्रकाशित: Dec 19, 2022| 08:20 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।