आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सवारी दुर्घटनामा लिखु तामाकोशी-१ दुरागाउँका वडा सदस्य सुनुवारको निधन

सवारी दुर्घटनामा लिखु तामाकोशी-१ दुरागाउँका वडा सदस्य सुनुवारको निधन

सवारी दुर्घटनामा रामेछापको लिखु तामाकोशी-१ दुरागाउँका वडा सदस्य विमल सुनुवारको निधन भएको छ।
 |  सोमबार, पुस ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

vianetvianet

काठमाडौं- सवारी दुर्घटनामा रामेछापको लिखु तामाकोशी-१ दुरागाउँका वडा सदस्य विमल सुनुवारको निधन भएको छ। 

शनिबार दिउँसो भुजीमा भएको बोलेरो दुर्घटनामा घाइते ३९ वर्षीय सुनुवारको वीरेन्द्र अस्पताल, छाउनीमा उपचारको क्रममा गएराति निधन भएको प्रहरीले जनाएको छ।

सुनुवारको आज पशुपति आर्यघाटमा दाहसंस्कार हुने वडाअध्यक्ष पारिवारिक स्रोतले बताएको छ। सुनुवार एमालेबाट निर्वाचित वडा सदस्य हुन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड लिग फुटबल हेर्न दुरागाउँबाट भुजी जाँदै गरेका यात्रु सवार बा ११ च ७५९१ नम्बरको बोलेरो भुजीको एकतारे छाँगामा दुर्घटना हुँदा ९ जना घाइते भएका थिए। 

दुर्घटनामा परी लिखुतामाकोशी गाउँपालिका-१ कोटगाउँकी ३२ वर्षीया बिमला सुनुवार, २३ वर्षीया श्रृष्टी सुनुवार, ३४ वर्षीय राजकुमार थापा, ३० वर्षीया सीता कार्की, ३० वर्षीया मनिता खड्का, १६ वर्षीय नरेश खड्का, ४० वर्षीय दिपक सुनुवार र १९ वर्षीय सुजन भुजेलसमेत घाइते भएका हुन्। 

दुर्घटनामा गम्भीर घाइते भएका विमलसँगै बिमला, राजकुमारलाई पनि थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौंमा ल्याइएको थियो। उनीहरूको नेपाल-भारतमैत्री अस्पताल र  ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रकाशित: Dec 19, 2022| 08:00 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।