आइतबार, साउन ४, २०८२

देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

देशका विभिन्न भूभागमा आज वर्षा र हिमपात हुने भएको छ। विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेका कारण हिमपात र वर्षाको सम्भावना रहेको हो।
 |  सोमबार, पुस ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

vianetvianet

काठमाडौं- देशका विभिन्न भूभागमा आज वर्षा र हिमपात हुने भएको छ। विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेका कारण हिमपात र वर्षाको सम्भावना रहेको हो। 

पहाडी भूभागमा आज बिहान आंशिकदेखि सामान्य बदली  रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो रहेको छ।

आज दिउँसो प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथ मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मैसम विज्ञान विभागले जनाएको छ। 

प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति प्रदेश-१ लगायत वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना तथा तराईका केही भूभागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित: Dec 19, 2022| 06:56 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।