शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अर्जेन्टिना च्याम्पियन : गोल्डेन बुट एम्बाप्पेलाई, बल मेस्सीको हातमा

अर्जेन्टिना च्याम्पियन : गोल्डेन बुट एम्बाप्पेलाई, बल मेस्सीको हातमा

कतारमा आइतबार राति भएको फाइनल निकै रोमाञ्चक रह्यो। दर्शकले ९० मिनेट होइन, पूरा दुई घण्टा रोमाञ्चक खेलको मजा लिन पाए।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- अघिल्लो संस्करणको फिफा विश्वकप विजेता फ्रान्सलाई हराउँदै यसपटक अर्जेन्टिनाले उपाधि हात पारेको छ। कतारमा आइतबार राति भएको फाइनल निकै रोमाञ्चक रह्यो। दर्शकले ९० मिनेट होइन, पूरा दुई घण्टा रोमाञ्चक खेलको मजा लिन पाए।

National life

अर्जेन्टिनाले टाइब्रेकरमा ४-२ ले पराजित गर्दै विश्वकप २०२२ को उपाधि जितेको हो। निर्धारित र अतिरिक्त समयमा पनि खेल ३-३ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा गयो। पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरे। अर्जेन्टिनी खेलाडीका कुनै पनि सट मिस नभएपछि खेल उसले जितिहाल्यो।

फ्रान्सका लागि केलिन एम्बाप्पे र कोलो मुनीले मात्र गोल गरे। किङ्स्ली कोमन र चोमेनीको प्रहार गोलकिपरले बचाए। पेनाल्टीअघिको खेलमा फ्रान्सले दुईपल्ट आफू पछाडि रहेको स्थिति उल्टाएको थियो। फ्रान्सका लागि एम्बाप्पेले पेनाल्टीबाट ११८ औं मिनेटमा तेस्रो गोल गरे। खेलमा उनको यो ह्याट्रिक रह्यो। एम्बाप्पे विश्वकपको ९२ वर्षे इतिहासमा फाइनल खेलमा ह्याट्रिक गोल गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि १९६६ मा इंग्ल्याण्डका जिओफ हर्स्टले फाइनलमा ह्याट्रिक गरेका थिए।

मेस्सीले १०९ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई ३-२ को अग्रता दिलाएका थिए। फ्रान्सले दोस्रो हाफको अन्त्यतिर उत्कृष्ट पुनरागमन गरेपछि फाइनल अतिरिक्त समयमा गएको थियो। ९० मिनेट भने २-२ को बराबरीमा सकिएको थियो।

अर्जेन्टिनाका लागि कप्तान मेस्सीले २३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए। त्यसपछि एन्जेल डि मारियाले ३६ औं मिनेटमा दोस्रो गोल थपे। फ्रान्सका लागि एम्बाप्पेले ८० औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे। त्यसलगत्तै ८१ औं मिनेटमा एम्बापेले नै दोस्रो गोल थपेका थिए।

Laxmi sunrise bank
kumari

कसले कुन अवार्ड जिते?
विश्वकपको उपाधि जितेको अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डेन बल हात पारेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन्।

मेसुसीले विश्वकपमा गोल्डेन बल जितेको यो दोस्रोपटक हो। उनी यसअघि २०१४ को विश्वकपमा पनि यो अवार्ड जित्न सफल भएका थिए। त्यतिबेला अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो। विश्वकपमा दुईपटक गोल्डेन बल अवार्ड जित्ने मेस्सी पहिलो खेलाडी हुन्।

त्यसैगरी विश्वकपमा आठ गोल गर्दै केलियन एम्बाप्पेले गोल्डन बुट जितेका छन्। अर्जेन्टिनासँगको फाइनल खेलमा उनले ह्याट्रिकसमेत गरेका छन्। एम्बाप्पेको टिम फ्रान्स उपविजेता बनेको छ।

उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोभ्सको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते। उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेल अवधिमा फ्रान्सका थुप्रै प्रयास विफल बनाएका थिए।

यसैगरी, अर्जेन्टिनाकै २१ वर्षीय इन्जो फर्नान्डेज सर्वोत्कृष्ट युवा खेलाडी घोषित भए।


प्रकाशित: Dec 19, 2022| 01:25 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।