शुक्रबार, कात्तिक २८, २०८२

सकियो विश्वकप, कुन खेलाडीले के अवार्ड जिते?

विश्वकपको उपाधि जितेको अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डेन बल हात पारेका छन्।
 |  सोमबार, पुस ४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस ४, २०७९

काठमाडौं- विश्वकपको उपाधि जितेको अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डेन बल हात पारेका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन्।

National life

त्यसैगरी विश्वकपमा आठ गोल गर्दै केलियन एम्बाप्पेले गोल्डन बुट जितेका छन्। अर्जेन्टिनासँगको फाइनल खेलमा उनले ह्याट्रिकसमेत गरेका छन्। एम्बाप्पेको टिम फ्रान्स उपविजेता बनेको छ।

उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डेन ग्लोभ्सको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते। उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेल अवधिमा फ्रान्सका थुप्रै प्रयास विफल बनाएका थिए।

यसैगरी, अर्जेन्टिनाकै २१ वर्षीय इन्जो फर्नान्डेज सर्वोत्कृष्ट युवा खेलाडी घोषित भए। 

प्रकाशित: Dec 19, 2022| 00:48 सोमबार, पुस ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।