शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना बन्यो विश्वकप विजेता

फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना बन्यो विश्वकप विजेता

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको छ। लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो।

National life

खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो। निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।  

अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो। अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डलाई तथा १९८६ मा जर्मनीलाई हराउँदै विश्वकपको उपाधि उचालेको थियो। 

खेल जीवनको उत्तरार्धमा रहेका कप्तान मेस्सीले यो आफ्नो लागि अन्तिम विश्वकप भएको बताइसकेका छन्। 


प्रकाशित: Dec 18, 2022| 23:53 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।