काठमाडौं- कतारमा जारी फिफा विश्वकप फाइनलमा फ्रान्सविरुद्ध अर्जेन्टिनाले २–० को अग्रता बनाएको छ। अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई एन्जल डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका हुन्। डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको हो।
यसअघि कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको थियो। मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।