सोमबार, वैशाख ७, २०८३

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

दक्षिण कोरियाका उच्च सुरक्षा अधिकारीले उत्तर कोरियाको टोङ्चाङ-री क्षेत्रबाट आइतबार बिहान करिब ५० मिनेटको दूरीमा उक्त ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको दाबी गरेका हुन्।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी तटबाट समुद्रतर्फ दुई मध्यम दूरीका ब्यालेस्टिक मिसाइल प्रहार गरेको बताइएको छ। दक्षिण कोरिया र जापानका अधिकारीहरूले यस्तो बताएका हुन्।

National life

दक्षिण कोरियाका उच्च सुरक्षा अधिकारीले उत्तर कोरियाको टोङ्चाङ-री क्षेत्रबाट आइतबार बिहान करिब ५० मिनेटको दूरीमा उक्त ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको दाबी गरेका हुन्। यद्यपि यसबारे विस्तृत विवरण दक्षिण कोरियाली पक्षबाट पनि सार्वजनिक भएको छैन।

यस्तै जापानी रक्षामन्त्रीले उक्त मिसाइल ५५० किमी उचाइमा उड्दै २५० किमीको दूरी ओगटेको बताएका छन्। जापानका सहायक रक्षामन्त्री तोसिरो इनोले देशको विशेष आर्थिक क्षेत्र बाहिर मिसाइल अवतरण भएको देखिएको बताए। त्यहाँ कुनै क्षतिको विवरण भने आएको छैन।

उत्तर कोरियाले इन्धन मोटर परीक्षण गरेको जनाएको तीन दिनमै ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो। यसपटक मिसाइल इन्जिनको परीक्षण उत्तर कोरियाली नेता किम जोङ उनले निरीक्षण गरेको पनि बताइएको थियो। पछिल्लो समय उत्तर कोरियाले शक्तिशाली मिसाइल परीक्षणलाई तीव्र बनाएको छ।

उत्तर कोरियाले बारम्बार मिसाइल परीक्षण गर्दै अमेरिकालाई धम्की दिने गरेको छ। अमेरिकाले भने उत्तर कोरियाको यस्तो गतिविधि रोक्न चेतावनी दिने गरेको छ।

kumari

प्रकाशित: Dec 18, 2022| 18:45 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।