बिहीबार, जेठ २८, २०८३

सानिमा बैंकले १० प्रतिशत बोनस सेयर दिने

सानिमा बैंक लिमिटेडले आइतबार १८ औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९
National life
Shivam cement

काठमाडौं- सानिमा बैंक लिमिटेडले आइतबार १८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

सर्वसाधारण समूहको तर्फबाट संचालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल १८औं वार्षिक साधारण सभाबाट निर्वाचित भएको बैंकले जनाएको छ।

आर्थिक बर्ष २०७८/७९ मा रु. २.०९ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १९२.५१ अर्ब, कुल निक्षेप रु. १५८.८८ अर्ब तथा खुद कर्जा सापटी रु १४१.६९ अर्ब रहेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले बृद्धि गरेको छ।

प्रकाशित: Dec 18, 2022| 17:54 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्