शुक्रबार, कात्तिक २८, २०८२

पहिलो 'संस्कृति स्पोर्टस् सम्मान' सन्तोषी श्रेष्ठलाई

संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान नामक वार्षिक स्पोर्टस अवार्ड स्थापना गरेको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं-  संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति स्पोर्टस् सम्मान नामक वार्षिक स्पोर्टस अवार्ड स्थापना गरेको छ। खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार प्रदान गरिने स्कुलले जनाएको छ

National life

स्कुलको वार्षिक स्पोर्टस डेको अवसरमा सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा आयोजित एक कार्यक्रममा स्कुलका अध्यक्ष श्री रञ्जित आचार्यले अन्य बोर्ड डिरेक्टर्स, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का उपस्थिति रहेका थिए।

यस वर्षको संस्कृति स्पोर्टस् सम्मान सुश्री सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको छ। उनले २०२२ मा खेल जगतमा उत्कृष्ट प्रदर्शन गर्दै लामो दुरीको दौडतर्फ नेपाललाई अन्तर्राष्ट्रिय स्वर्ण पदक दिलाउन सफल भएकी थिइन्।  संस्कृति इन्टरनेसनल स्कुलका अध्यक्ष श्री रञ्जित आचार्य र नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष श्री देवेन्द्र सुबेदीको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काले सन्तोषी श्रेष्ठलाई उक्त अवार्ड हस्तान्तरण गरे। त्यसै गरी संस्कृति इन्टरनेसनल स्कुलका डिरेक्टर श्री पशुपती मुरारकाले श्रेष्ठलाई एक लाख एक हजार बराबरको चेक पनि हस्तान्तरण गरेका थिए। 

सोही कार्यक्रममा व्यावसायिक तालिम लिन नसक्ने देशभर रहेका १९ वर्षमुनिका खेलाडीहरू मध्ये १ जना योग्य क्रिकेटरलाई रू ५०,००० हजारको ट्रेनिङ स्कलरशिप प्रदान गर्ने घोषणा गरिएको छ। स्कलरशिप विजेतालाई पारस खड्काद्वारा सञ्चालित क्रिकेट एक्सिलेन्स सेन्टरबाट तालिम प्रदान गरिने भएको छ। यस वर्षको स्कलरशीप डडेलधुरा ४ का प्रतिभाशाली क्रिकेट खेलाडी कृष्ण भट्टलाई दिइएको छ। 

सन्तोषी श्रेष्ठ एथलेटिक्समा अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने नेपालकी पहिलो महिला खेलाडी हुन्। पेशाले जनस्वास्थ्य अधिकृत उनी एक राष्ट्रिय खेलाडी हुनुका साथै सार्वजनिक प्रशासन र पब्लिक हेल्थ न्युट्रिसनमा पनि थुप्रै डिग्रीहरु हासिल गरेकी छिन्।

Laxmi sunrise bank
kumari

उनले २०७९ को नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १०००० र ५००० मिटर दौडमा, २०७९ को ४४औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको १५०० र ३००० मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् भने २०७९ को आठौं नेपालगञ्ज म्याराथनमा पनि कोर्स रेकर्ड सहित विजेता बन्न सफल भएकी थिइन्।

उनी राष्ट्रिय खेलकुद पत्रकार मञ्चद्वारा आयोजना गरेको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७६ मा  विशेष पुरस्कार, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघद्वारा एथलेटिक्स २०७६ को उत्कृष्ट खेलाडी र नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट पनि सम्मानित भएकी थिइन्।

प्रकाशित: Dec 18, 2022| 18:05 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।