आइतबार, साउन ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • महिला हिंसाविरुद्ध सचेतना जगाउन वर्ल्डलिंकको पोडकास्ट अभियान

महिला हिंसाविरुद्ध सचेतना जगाउन वर्ल्डलिंकको पोडकास्ट अभियान

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ।
 |  आइतबार, पुस ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

vianetvianet

काठमाडौं- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरायित्व (सीएसआर) अन्तर्गत महिला हिंसाविरुद्धको सचेतना जगाउन ‘पोडकास्ट’ अभियान चलाएको छ।

‘अरेञ्ज द वर्ल्ड’ नामक सो अभियानअन्तर्गत पूर्व मिस नेपाल सुगारिका केसीले विभिन्न क्षेत्रमा नाम कमाएका दश जना महिलालाई समेटेर ती महिलाको संघर्ष र हिंसाविरुद्धको अभियानमा उनीहरुको भूमिकाबारे ६ वटा पोडकास्ट निर्माण गरेकी थिइन्।

पोडकास्टअन्तर्गत अन्तर्राष्ट्रिय शारीरिक सुगठन महासंघमा आवद्ध भएर नेपालको इज्जत राख्न सफल पहिलो महिला बिनिता राई, एकल खुट्टाले नाचेर चर्चित भएकी रोमा न्यौपाने, पहिलो महिला नायब महानिरीक्षक मीरा चौधरी र मानव अधिकार अधिवक्ता प्रपुसा केसीसँग महिला हिंसा र उनीहरुको अनुभवबारे कुराकानी गरिएको थियो।

यसैगरी पोडकास्टमा नेपालकै पहिलो कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान, अधिकारको क्षेत्रमा क्रियाशील शैली चौधरी, कैदी सहायता नेपालकी इन्दिरा रानामगर, नेपाल महिला राष्ट्रिय फुटबल टिमकी कान्छी खेलाडी प्रीति कुलुङ राई, गर्ल्स इन टेककी आस्था शर्मा, भौतिकशास्त्रमा पहिलो महिला प्राध्यापक प्रा.डा. नीलम श्रेष्ठ र वर्ल्डलिंकको सामाजिक उत्तरदायित्वकी प्रमुख अनुपा जालानसँग कुराकानी गरिएको थियो।

महिला हिंसाविरुद्धको अभियानअन्तर्गत पोडकास्टको समापन कार्यक्रममा बोल्दै बाग्मती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वर्ल्डलिंकले महिलाविरुद्धको हिंसाबारे सचेतना जगाउन अभियान गरेको सुन्दा अचम्म परेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीको यो अभियानले लैंगिक हिंसा न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने बताइन्।

वर्ल्डलिंक कम्पनीका निर्देशक बोर्डका लक्ष्मण यादवले सूचना प्रवाहले नागरिकको जीवनमा ठूलो परिवर्तन ल्याउने बताउँदै वर्ल्डलिंक त्यही अभियानमा लागेको बताए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले सबै क्षेत्रमा इन्टरनेट सेवा पुर्‍याएपछि हिंसाबारे बोल्नलाई सजिलो भएको बताउँदै समाजमा रहेको असमानताबारे सबैले बोल्नुपर्ने बताए।

गर्ल्स इन टेककी आस्था शर्मा र फुटबल खेलाडी प्रीति राईले अनुभव सुनाएको कार्यक्रममा वर्ल्डलिंक सीएसआर प्रमुख अनुपा जालान र कार्यक्रम व्यवस्थापक अन्जलिता भुषालले वर्ल्डलिंकले सीएसआरअन्तर्गत लैंगिक समानता, स्वच्छऊर्जा लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी दिएका थिए।

प्रकाशित: Dec 18, 2022| 17:37 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।