अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्कमा बेवारिसे अवस्थामा शिशुको शव भेटिएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ गुन्टेखोलास्थित माछा पसल नजिकै बेवारिसे अवस्थामा शिशु भटिएको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता कृष्णप्रसाद घिमिरेका अनुसार शिशुको शव कुकुरले आधा खाइसकेको र बच्चा कसको भन्ने कुरा खुल्न बाँकी रहेको बताए। यस सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।