बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मंसिरमा ५८ अर्बले बढ्यो निक्षेप, पुसमा सवा दुई खर्ब बाहिरिँदा तरलता समस्या थप बढ्ने

मंसिरमा ५८ अर्बले बढ्यो निक्षेप, पुसमा सवा दुई खर्ब बाहिरिँदा तरलता समस्या थप बढ्ने

बैंकिङ प्रणालीमा तरलता बढ्न थालेको छ। निक्षेपमा आएको वृद्धिसँगै तरलताको अभावमा छटपटिएको बैंकिङ क्षेत्रलाई राहत मिल्न थालेको हो।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं– बैंकिङ प्रणालीमा तरलता बढ्न थालेको छ। निक्षेपमा आएको वृद्धिसँगै तरलताको अभावमा छटपटिएको बैंकिङ क्षेत्रलाई राहत मिल्न थालेको हो।

National life

नेपाल बैंकर्स संघले प्रकाशित गरेको मंसिर महिनाको विवरणअनुसार मंसिर महिनामा मात्र वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। 

मंसिरको पहिलो हप्ता ५ अर्ब ४७ करोड रुपैयाँले बाहिरिएको निक्षेप मंसिर अन्तिम सातामा २२ अर्ब ३१ करोड रुपैयाँ थपिएको छ। त्यस्तै, मंसिर महिनाको दोस्रो साता ३ अर्ब ७० करोड, दोस्रो साता ११ अर्ब ५४ करोड र चौथो साता २५ अर्ब १३ करोड रुपैयाँ वाणिज्य बैंकहरुमा थपिएको छ। 

कर्जातर्फ भने मंसिर महिनामा वाणिज्य बैंकहरुबाट २ अर्ब रुपैयाँमात्र कर्जा प्रवाह भएको देखिन्छ। बैंकर्स संघका अनुसार मंसिर महिनाको पहिलो साता २ अर्ब २० करोड रुपैयाँले घटेको कर्जा प्रवाह दोस्रो साता २ अर्ब १९ करोड, तेस्रो साता १ अर्ब १ करोड, तेस्रो साता १ अर्ब ४ करोड र अन्तिम साता १ करोड रुपैयाँले प्रवाह भएको देखिन्छ। 

बैंकर्स संघका अनुसार मंसिर महिनामा निक्षेपमा वृद्धि भए पनि पुसमा भने करिब २ खर्ब २५ अर्ब रुपैयाँ तरलता बाहिरिने हुँदा पुनः तरलताको अभाव बैंकिङ क्षेत्रले भोग्ने निश्चित छ।

Shivam cement



प्रकाशित: Dec 18, 2022| 16:14 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्