शुक्रबार, मंसिर १४, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

विश्वकप फाइनल : 'प्लेयर्स टु वाच'

फाइनल खेलका लागि अघिल्ला चरणमा गरेका प्रदर्शन हेर्दा एकअर्का टिमविरुद्ध घातक बन्न सक्ने खेलाडी हुन् लियोनेल मेस्सी र एन्टोनी ग्रिजम्यान।
 |  आइतबार, पुस ३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आज आइतबार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ। कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार आज राति ८:४५ बजे सुरु हुनेछ।

himalayan bank box

फाइनल खेलका लागि अघिल्ला चरणमा गरेका प्रदर्शन हेर्दा एकअर्का टिमविरुद्ध घातक बन्न सक्ने खेलाडी अर्थात् ‘प्लेयर्स टु वाच’ का रुपमा रहेका खेलाडी हुन् लियोनेल मेस्सी र एन्टोनी ग्रिजम्यान। 

मेस्सी
अर्जेन्टाइन कप्तान मेस्सी आफैंमा एक उत्कृष्ट खेलाडी हुन्। उनी फाइनलमा पनि फ्रान्सविरुद्ध हावी हुन सक्छन्। साथै आजको खेल मेस्सीको अन्तिम विश्वकप खेलसमेत हो। ३५ वर्षिय मेस्सीले यसअघि नै फाइनल खेल आफ्नो अन्तिम विश्वकप खेल भएको बताइसकेका छन्। ‘म विश्वकपको फाइनलमा फेरि अर्कोपटक पुगेकोमा धेरै खुशी छु। हामीले गर्व गर्न लायकको यात्रा गरेर यहाँ आइपुगेका छौं। मलाई लाग्छ- आइतबार हुने फाइनल खेल मेरो करिअरको पनि फाइनल खेल हुनेछ। अब यसपछि हुने सन् २०२६ विश्वकपमा म सायदै उपस्थित हुनेछु। त्यसैले म मेरो अन्तिम विश्वकपको सुखद् अन्त्य गर्न चाहन्छु।’

यस पटक मेस्सी विश्वकपको आफ्नो करिअरकै उत्कृष्ट लयमा समेत देखिइरहेका छन्। फ्रेन्च क्लब पीएसजीका प्लेमेकर मेस्सीले समूह चरणको पोल्यान्ड विरुद्धको खेलमा बाहेक फाइनल आइपुग्दासम्मका सबै खेलमा गोल गरेका छन्। पोल्यान्डविरुद्धको खेलमा पाएको पेनाल्टीमा गोल गर्न चुकेका मेस्सीले समूह चरणमा साउदी अरेबिया, मेक्सिको र नकआउट चरणमा अष्ट्रेलिया, नेदरल्यान्ड्स र क्रोएसियाविरुद्ध एक-एक गोल गरेका छन्। मेस्सी फाइनलमा पनि गोल गर्दै टिमलाई जिताउन चाहन्छन् र उनलाई रोक्न फ्रान्सलाई पनि सहज भने हुनेछैन।

फ्रान्सका प्रशिक्षक डिडेर डेस्यामले मेस्सीको टिमलाई रोक्न गाह्रो भएको बताउँदै आएका छन्। मिडियासँग कुरा गर्दै उनले भने, ‘हामीले अर्जेन्टिना खेलेको हेरेका छौं। उनीहरुविरुद्ध खेल्न धेरै कठिन हुनेछ। मेस्सीको नेतृत्वमा रहेको टिमलाई उनले राम्रोसँग खेलाउने गर्छन्। उनी आफैं उच्च लयमा छन्। त्यसैले यसपटक अर्जेन्टिनाविरुद्ध खेल्न हामीलाई धेरै कठिन हुनेछ। हामी उनीहरुविरुद्ध धेरै तयारीका साथ मैदानमा उत्रिनुपर्ने हुन्छ।’

Metro Mart
vianet

यस विश्वकपमा मेस्सीले पाँच गोल गर्नुका साथै तीन गोलका लागि असिस्ट गरिसकेका छन्। मेस्सी गोल्डेन बुटको रेसमा छन्। उनले विश्वकपमा ११ गोल गरेका छन् र उनी अर्जेन्टिनाका अलटाइम टप स्कोरर पनि हुन्। मेस्सीले अर्जेन्टिनाका लागि १७१ क्याप जित्दै ९६ गोल गरेका छन्। 

ग्रिजम्यान 

फ्रेन्च टिमका प्लेमेकर एन्टोनी ग्रिजम्यान फाइनलमा अर्जेन्टिनाविरुद्ध हावी बन्न सक्छन्। फ्रान्सलाई फाइनल पुर्‍याउन उनको उल्लेखनीय भूमिका  रहेको छ। प्रतियोगितामा ६ खेल खेल्दा गोलविहीन भए पनि उनले आफ्नो प्रदर्शन उच्च नै गरिरहेका छन्। ग्रिजम्यान यस विश्वकपमा सबैभन्दा धेरै गोल अवसर सिर्जना गर्ने खेलाडी हुन्। उनले अर्जेन्टाइन कप्तान मेस्सीलाई पछि पारेर यसपटक अगाडि आएका छन्। ग्रिजम्यानले २२ मौका सिर्जना गर्दा मेस्सीले १८ वटा गरेका छन्।

उनले प्रतियोगितामा तीन गोलका लागि असिस्ट गर्नुका साथै बाँकी गोलमा पनि महत्वपूर्ण योगदान गर्दै आएका छन्। उनले पल पोग्बा र एंगोलो कोन्टेको अनुपस्थितिमा उनीहरुको भूमिका राम्रोसँग निभाइरहेका छन्। अट्याकिङ प्लेयरका रुपमा आफूलाई चिनाउँदै आएका ग्रिजम्यानले आफू राम्रो मिडफिल्ड लाइनमा पनि खेल्न सक्ने खेलाडीका रुपमा साबित गर्दैछन्।

स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्ट्राइकर समेत रहेका ग्रिजम्यानले सन् २०१८ को विश्वकपको फाइनलमा पनि गोल गरेका थिए। उनले क्रोएसियाविरुद्ध पेनाल्टी मार्फत गोल गरेका थिए। नयाँ सिजनको सुरुवातदेखि नै राम्रो लयमा रहेका ग्रिजम्यान फ्रान्स टिमका केलियन एम्बाप्पेसँगै मुख्य खेलाडी हुन्। सेमिफाइनलमा मोरक्को विरुद्धको खेलमा उनले प्लेयर अफ द म्याच पनि जितेका थिए। ग्रिजम्यान फ्रान्स फुटबलका सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी पनि हुन्। उनले जिनेदिन जिदान र थिएरी हेनरीलाई पछि पार्दै २९ असिस्ट गरेका छन्।

प्रकाशित: Dec 18, 2022| 16:02 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।