शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मालाखेती अस्पतालमा जडान गरियो मृत मानव शरीर चिस्यान यन्त्र

मालाखेती अस्पतालमा जडान गरियो मृत मानव शरीर चिस्यान यन्त्र

कैलालीको मालाखेती अस्पतालमा पहिलो पटक मानव मृत शरीर चिस्यान यन्त्र जडान गरिएको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

अत्तरिया- कैलालीको मालाखेती अस्पतालमा पहिलो पटक मानव मृत शरीर चिस्यान यन्त्र जडान गरिएको छ।

National life

गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालमा पहिलोपटक शव चिस्यानकेन्द्र राखिएको हो। अत्तरियाका व्यवसायी मनोज अग्रवालले अस्पताललाई उक्त यन्त्र प्रदान गरेका हुन्। उनले स्वर्गीय बुवा मूलचन्द अग्रवालको सम्झनामा अस्पताललाई उक्त यन्त्र प्रदान गरेको बताए।

उनले बुबाको दुई महिनाको पूण्य तिथिको अवसरमा मालाखेती अस्पताललाई झण्डै दुई लाख पर्ने शव सुरक्षित यन्त्र हस्तान्तरण गरेका हुन्। तीन दिन अगाडि मनोज अग्रवाल दाजुभाइले धनगढीमा समेत यस्तो मेसिन हस्तान्तरण गरेका थिए।

गोदावरीका मेयर बीरेन्द्र भट्टमार्फत अस्पतालाई यन्त्र हस्तान्तरण गरिएको हो। यस्तो यन्त्रले हप्ता दिनसम्म पनि शवलाई सुरक्षित राख्न मिल्नेछ। मेसिन हस्तान्तरण कार्यक्रममा नगरप्रमुख भट्टले यसले अस्पताललाईमात्र नभएर नगरलाई ठूलो सहयोग पुग्ने बताए।

प्रकाशित: Dec 18, 2022| 14:15 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।