सोलुखुम्बु- एक थान भरुबा बन्दुक र खुकुरीसहित सोलुखुम्बु प्रहरीले दुई जना पक्राउ गरेको छ।
पक्राउ पर्नेमा माप्य दुधकोशी गाउँपालिका-२ बस्ने ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँ बस्ने २४ वर्षीय प्रवेश राईलाई एक थान भरुवा बन्दुकसहित शनिबार राति पक्राउ परेका हुन्।
सोलुदुधकुण्ड नगरपालिका-१ छिर्दी खोलास्थित निर्माणधिन पुलका कामदारलाई उनीहरूले धाकधम्की दिई कामदारको मोबाइलसमेत लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको प्रहरीले उनीहरूलाई हतियारसहित पक्राउ गरेको हो।