कैलाली- प्रहरीले कैलालीबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट २ किलोग्राम चरेससहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बझाङ खप्तडछान्ना गाउँपालिका–३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका–२ बस्ने ३६ वर्षीय जक्सन रोकाया छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रावलको साथबाट एक किलो २ सय ग्राम र रोकायाको साथबाट आठ सय ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ।