काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गिय कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिकको अनावरण गरेका छन्।
देउवाले आज सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ् भएको स्थलमा भट्टराईको शालिक अनावरण गरेका हुन्।
मेलम्ची आयोजनाको परिकल्पनाकार रहेका भट्टराईको शालिक सुरुङ् भएको स्थानमा निर्माण गरिएको छ। मुलुकमा प्रजातन्त्रको पुनर्स्थापनापछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमा मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याई वितरण गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेका थिए।
त्यसपछि वि.सं. २०२९ मा खानेपानी आपूर्तिका लागि मेलम्चीको सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन थालिएको थियो।