शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सशस्त्र प्रहरी बलको क्यान्टिनमा प्रेसर कुकर पड्किँदा तीन घाइते

सशस्त्र प्रहरी बलको क्यान्टिनमा प्रेसर कुकर पड्किँदा तीन घाइते

काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको क्यान्टिनमा प्रेसर कुकर विस्फोट हुँदा तीन जना घाइते भएका छन्।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा रहेको क्यान्टिनमा प्रेसर कुकर विस्फोट हुँदा तीन जना घाइते भएका छन्। 

National life

शनिबार राति करिब साढे ८ बजेतिर क्यान्टिनमा खाना पकाउनेक्रममा एक्कासी विस्फोट हुँदा तीन जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा ११ वर्षीय बालक आयुष बुढा, जवानद्वय यमनाथ योगी र हिरासिंह बराल रहेका छन्।

उनीहरूको उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। 


प्रकाशित: Dec 18, 2022| 12:30 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।