शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • मेस्सी उत्कृष्ट खेलाडी हुन्, तर हामी उनलाई सुखद बिदाइ गर्नेछैनौं : जिरुड

मेस्सी उत्कृष्ट खेलाडी हुन्, तर हामी उनलाई सुखद बिदाइ गर्नेछैनौं : जिरुड

कतारमा जारी फिफा विश्वकपअन्तर्गत गोल्डेन बुटको रेसमा रहेका ओलिभर जिरुडले अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी उत्कृष्ट खेलाडी रहेको तर उनलाई सुखद करियरको अन्त्य गर्नबाट रोक्ने बताएका छन्।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

National life
kumari

काठमाडौं-  कतारमा जारी फिफा विश्वकपअन्तर्गत गोल्डेन बुटको रेसमा रहेका ओलिभर जिरुडले अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी उत्कृष्ट खेलाडी रहेको तर उनलाई सुखद करियरको अन्त्य गर्नबाट रोक्ने बताएका छन्। 

लुशेल रंगशालामा फ्रान्स र अर्जेन्टिना उपाधिका  लागि आइतबार राति भिड्दैछन्। मिडियासँग कुरा गर्दै जिरुडले भने, ‘मेस्सी फुटबल  जगतका एक उत्कृष्ट खेलाडी हुन्। उनी एउटा विश्वकप उपाधिका लागि योग्य पनि छन्। तर, हामी उनलाई  विश्वकप जित्नबाट रोक्नेछौं। उनले आफ्नो विश्वकप भनिसकेका छन्। यसपटक उनी र उनको  टिम राम्रो लयमा छ। तर, पनि हामी अर्जेन्टिनालाई  पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जित्न चाहन्छौं। हामी मेस्सीको सुखद अन्त्य हुने दिनेछैनौं।’

प्रतियोगितामा चार गोल गरेका जिरुड गोल्डेन बुटको रेसमा छन्। मेस्सी र एमबाप्पेले समान पाँच गोल गरेका छन् भने जिरुडसँगै अर्जेन्टिनाकै जुलियान अल्भारेजले पनि समान चार गोल गरेका छन्।

प्रकाशित: Dec 18, 2022| 12:21 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।