काठमाडौं- कतारमा जारी फिफा विश्वकपको फाइनलिस्ट टिम फ्रान्सका प्रशिक्षक डेडर डेस्यासले आफ्ना पुराना तथा अनुभवी खेलाडीहरुको अनुपस्थितिको बेला उनीहरूलाई सम्झिएका छन्। डेस्यासले आफ्नो टिम फिफा विश्वकपको फाइनल पुगे पनि एक्लो महसुस भइरहेको बताएका छन्।
म्याच प्रेस कनफ्रेन्सको क्रममा मिडियासँग कुरा गर्दै उनले भने, ‘हामी उच्च प्रदर्शनका साथ विश्वकपको फाइनल पुग्न सफल भयौं। तर, हामी फाइनलसम्म आइपुगेपनि एक्लो महसुस गरिरहेका छौ। हामीले चोटका कारण करिम बेन्जेमा, एङ्गोलो कोन्टे, पउल पोग्वा, क्रिष्टोफर एन्कुकु, किम्बेम्पे जस्ता खेलाडीहरू हामीसँग छैनन्। अघिल्लो पटक हामी सबैसँगै विश्वविजेता बनेका थियौं। तर, यो फुटबल हो र यहाँ जे भए पनि आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने हुन्छ। हामी सकरात्मक सोचका साथ मैदान उत्रिने छौं।’