काठमाडौं- चोट मुक्त भएका रियल मड्रिडका फर्वाड करिम बेन्जेमाले कतारमा जारी फिफा विश्वकपको फाइनल खेल खेल्न अस्विकार गरेका छन्।
वालोन डी ओर विजेता बेन्जेलेमा विश्वकप सुरुहुनु केहीदिन अघि मात्रै चोटग्रस्त हुँदै विश्वकप गुमाउने निश्चित भएका थियो। तर, अहिले चोट मुक्त भएका कारण उनलाई फाइनल खेल्न टिमले गरेको आग्रह उनले अस्विकार गरेको अन्तराष्ट्रियमिडिया इएसपिएनले लेखेको छ।
फ्रान्सले आइतबार अर्जेन्टिनाविरुद्ध उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ। त्यसका लागि बेन्जेमाले आफू फाइनलका लागि कुनै इच्छुक नभएको र बाहिर बसेरै टिमलाई समर्थन गर्ने बताएका छन्।