जापान- जापानको टोकियोमा एक नेपालीको निधन भएको छ। ज्यान गुमाउनेमा भोजपुरका ४२ वर्षीय दिवश राई रहेका छन्। टोकियोको सुगिनामी वार्डअन्तर्गत होरिनोउची बस्दै आएका उनी शनिबार राति मृत फेला परेका हुन्।
रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए।
शनिबार राति साढे ११ बजे श्रीमती कामबाट फर्कंदा राई मृत अवस्थामा भेटिएपछि तुरून्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ।
राईको मृत्युको कारण पोष्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ। राईकी नेपालमा ७ वर्षीय एक छोरी छन्।