शुक्रबार, वैशाख २५, २०८३

टोकियोमा एक नेपालीको मृत्यु

जापानको टोकियोमा एक नेपालीको निधन भएको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

जापान- जापानको टोकियोमा एक नेपालीको निधन भएको छ। ज्यान गुमाउनेमा भोजपुरका ४२ वर्षीय दिवश राई रहेका छन्। टोकियोको सुगिनामी वार्डअन्तर्गत होरिनोउची बस्दै आएका उनी शनिबार राति मृत फेला परेका हुन्।

National life

रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए।

शनिबार राति साढे ११ बजे श्रीमती कामबाट फर्कंदा राई मृत अवस्थामा भेटिएपछि तुरून्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ।

राईको मृत्युको कारण पोष्टमार्टम पछि मात्र थाहा हुने प्रहरीले जनाएको छ। राईकी नेपालमा ७ वर्षीय एक छोरी छन्।

प्रकाशित: Dec 18, 2022| 10:53 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।