सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी लायन्सको सहयोगमा सिन्धुपाल्चोकमा स्थायी क्लिनिक 

अमेरिकी लायन्सको सहयोगमा सिन्धुपाल्चोकमा स्थायी क्लिनिक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
लायन्स क्लव इन्टरन्याशनलको सहयोगमा नेपालको भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोकमा सुविधासम्पन् स्थायी क्लिनिक सञ्चालन हुने भएको छ । 

लायन्स क्लव अफ अंकुर र भीसीएन नेपालको समन्वयमा आगामी असोज ८ गते सोमबार सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका वडा नं. ४ को पालातेमा मधुमेह रोगको विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर आयोजना गरि उक्त क्लिनिकको सेवा सुरु गर्न लागिएको हो । 

लायन्स क्लव अफ स्यान्टारोजा अमेरिका र सीडीआरटी क्यालिफोर्नियाका तर्फबाट उक्त क्लिनिक र स्वास्थ्य शिविरका लागि स्रोत जुटाइएको लायन्स क्लव अफ काठमाडौं माउन्ट मकालुका अध्यक्ष बुद्धी कार्कीले जानकारी दिए ।

कार्यक्रमका लागि लायन्स क्लव ४ सी ३ क्यालिफोर्नियाका पूर्व डिस्ट्रिक गर्भनर राजेन थापाको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरु र विपत व्यवस्थापन विज्ञ किडेन ग्यारेट चुमानसहितको नौ सदस्यीय टोली काठमाडौं आइसकेको छ । 

कार्यक्रममा लायन्स इन्टरन्याशनल एम.डी. ३२५ नेपालका सम्पूर्ण लायन्सहरुको सहभागिता रहने पनि स्थानीय संयोजक समेत रहेका कार्कीले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।