नेपालगञ्ज- बाँकेको कोहलपुर नगरपालिका-११ मा जिपको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया उषा गुरुङ रहेकी छन्।
कोहलपुरस्थित कौशिल्या अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।