शुक्रबार, जेठ ४, २०८१

चीनमा फेरि फैलियो कोरोना, सांघाईका विद्यालय बन्द

कोरोना संक्रमण उच्च भएपछि देशको सबैभन्दा ठूलो सहर सांघाईमा अधिकांश विद्यालयहरु सोमबारदेखि बन्द गर्न आदेश दिइएको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- चीनमा कोरोना महामारी पुनः फैलिँदै गएको छ। कोरोना संक्रमण उच्च भएपछि देशको सबैभन्दा ठूलो सहर सांघाईमा अधिकांश विद्यालयहरु सोमबारदेखि बन्द गर्न आदेश दिइएको छ।

triton college

विद्यालयलाई अनलाइन कक्षा सञ्चालन गर्न भनिएको छ। सोमबारदेखि शिशु सदन र बाल स्याहार केन्द्रहरु पनि बन्द हुने सांघाई शिक्षा ब्यूरोले जनाएको छ। केही विद्यालयमा यसअघि नै भौतिक कक्षाहरु बन्द गरिसकिएको छ।

शून्य कोभिड नीतिको विरोधमा व्यापक जनप्रदर्शन भएपछि यसै महिनाको सुरुमा चीनले लकडाउनलगायत कोभिडसम्बन्धी प्रतिबन्धहरु निकै खुकुलो पारेको थियो। तर प्रतिबन्धहरु खुकुलो बनाएलगत्तै कोरोना संक्रमण दर बढ्दै गएको छ।

अस्पताल र स्वास्थ्य सेवाप्रदायक संस्थाहरुमा बिरामीको चाप बढेको छ। देशका विभिन्न स्थानमा अस्थायी स्वास्थ्य केन्द्र र सघन उपचार केन्द्रहरु बनाउन सुरु गरिएको छ। सांघाईका अस्पतालहरुमा दुई लाख ३० हजार अतिरिक्त शैय्या थपिएको छ।

राजधानी बेइजिङमा पनि कोरोना संक्रमण बढेको छ। सन् २०१९ को डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान सहरमा पहिलोपटक कोभिड-१९ देखिएको थियो। त्यसपछि यो भाइरस संसारभर फैलियो। अहिलेसम्म कोभिड संक्रमणबाट ६६ लाख ७१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। संक्रमितको संख्या ६ करोड ५७ लाख नाघेको छ। 

corrent noodles
Metro Mart

प्रकाशित: Dec 18, 2022| 08:00 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।