शुक्रबार, कात्तिक २८, २०८२

विश्वकप फाइनल : जसले जितेपनि तेस्रो उपाधि

विश्वकपको ९२ वर्षको इतिहासमा इटाली र ब्राजिलले मात्रै लगातार उपाधि रक्षा गरेका छन्। इटालीले सन् १९३४ र १९३८ तथा ब्राजिलले १९५८ र १९६२ मा विश्वकप जितेका थिए। लगातार उपाधि रक्षा गर्ने दाउमा छ फ्रान्स अहिले।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आज (आइतबार) उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदैछ। कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार आज राति ८:४५ बजेदेखि सुरु हुनेछ।

National life

फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन्। फाइनल प्रवेशका क्रममा फ्रान्सले मोरक्कोलाई २-० ले र अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले पराजित गरेका थिए।

अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनलमा प्रवेश गरेको हो। १९३०, १९७८, १९८६, १९९० र २०१४ मा फाइनलमा पुगेको अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जितेको थियो।

फ्रान्स भने चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो। फ्रान्स १९९८, २००६ र २०१८ को विश्वकपमा पुगेकोमा १९९८ र २०१८ संस्करणको उपाधि जितेको थियो।

विश्वकै सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड बालोन डी'ओर कीर्तिमानी सातपल्ट जितेका लियोनेल मेस्सी अर्जेन्टिनी टिमका खम्बा हुन्। ३६ वर्षपछि विश्वकप जित्ने अभियानमा छन् उनी। गत वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दाका कप्तान मेस्सीले यो फाइनल नै विश्वकपमा आफ्नो अन्तिम खेल हुने बताइसकेका छन्। उनकै उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना सन् २०१४ मा फाइनल पुगेको थियो तर अतिरिक्त समयमा जर्मनीबाट १–० ले पराजित भएको थियो। त्यसैले दोस्रोपल्ट फाइनल खेल्दा मेस्सी विश्व विजेता बन्न चाहन्छन्। उनले उपाधि जित्न नसकेको प्रतियोगिता विश्वकपमात्रै हो।

Laxmi sunrise bank
kumari

फ्रान्सले पनि कतारमा सुरुबाटै राम्रो प्रभाव देखायो। बालोन डी'ओर विजेता करिम बेन्जेमा, पाउल पोग्बा, एन्गोलो कान्टे, क्रिस्टोफर एन्कुन्कु, प्रेसनल किम्बेम्पे चोटका कारण उपलब्ध नभएपछि फ्रान्स समस्यामा परेको थियो। डिफेन्डर थियो हर्नान्डेज समूह चरणमै घाइते भए। आफ्नो समूहमा अस्ट्रेलिया, डेनमार्क, नकआउटमा पोल्यान्ड, इंग्ल्यान्ड र मोरक्कोलाई पराजित गरेको फ्रान्स उपाधि रक्षाका लागि फाइनल पुगेको हो। नयाँ भूमिकामा एन्टोनी ग्रिजम्यान उत्कृष्ट प्लेमेकर दरिएका छन्। उनीसँगै २३ वर्षीय फरवार्ड केलियन एमबाप्पे र ओलिभर जिरुडमा फ्रान्सेली टिम निर्भर छ।

फ्रान्स र अर्जेन्टिना रुसमा सन् २०१८ मा भएको विश्वकपको अन्तिम १६ मा भिडेका थिए। खेल ४–३ ले जितेको फ्रान्स पछि फाइनलमा क्रोएसियालाई ४–२ ले हराएर च्याम्पियन बन्यो। त्यसयता अर्जेन्टिना र फ्रान्स पहिलोपल्ट भिड्न लागेका हुन्। यी दुईबीच विश्वकपमा तीन खेल भएको छ। अघिल्ला दुई खेल अर्जेन्टिनाले जितेको थियो। यी दुई चार वर्षपछि पहिलोपल्ट आपसमा खेल्न लागेका हुन्।

अघिल्लो विश्वकपमा एमबाप्पेको प्रदर्शन निर्णायक थियो। यसपालि पनि एमबाप्पेकै प्रदर्शन निर्णायक बन्न सक्छ। एक किसिमले मेस्सी र एमबाप्पेको प्रतिस्पर्धा पनि हो यो। यी दुई ५–५ गोलसहित गोल्डेन बुटको होडमा पनि छन्। सर्वाधिक गोलकर्ताको सूचीमा एक असिस्ट बढी भएकाले मेस्सी अगाडि छन्।

विश्वकपको ९२ वर्षको इतिहासमा इटाली र ब्राजिलले मात्रै लगातार उपाधि रक्षा गरेका छन्। इटालीले सन् १९३४ र १९३८ तथा ब्राजिलले १९५८ र १९६२ मा विश्वकप जितेका थिए। लगातार उपाधि रक्षा गर्ने दाउमा छ फ्रान्स अहिले।

प्रकाशित: Dec 18, 2022| 07:37 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।