शुक्रबार, कात्तिक २८, २०८२

लुम्बिनीको मुख्य प्रशिक्षकमा पिटर नियुक्त

अर्को साताबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि लुम्बिनी अल स्टारले इंग्ल्याण्डका पिटर ट्रेगोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- अर्को साताबाट राजधानीमा सुरु हुने नेपाल टी-ट्वान्टी लिगका लागि लुम्बिनी अल स्टारले इंग्ल्याण्डका पिटर ट्रेगोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। 

National life

शनिबार लुम्बिनीले इंग्ल्याण्डका पिटरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो। पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग आगामी ८ गतेबाट सुरु हुनेछ।

लुम्बिनीको पहिलो खेल ८ गते नै फार वेस्टर्न युनाईटेडसँग रहेको छ। दीपेन्द्र सिंह ऐरी लुम्बिनीको मार्की खेलाडी रहेका छन्।

लुम्बिनीमा ऐरीका अलावा कुशल भुर्तेल, सागर ढकाल, अनिल कुमार शाह, गुल्सन झा, किशोर महतो, तिलक राज भण्डारी,योगेन्द्र सिंह कार्की, सुनिल धमला, इशान पाण्डे तथा आकाश चन्द रहेका छन् । कीर्तिपुरस्थित टियु मैदानमा ६ टोली सहभागी प्रतियोगिता डबल राउण्ड रोविनको आधारमा हुनेछ।

प्रकाशित: Dec 18, 2022| 06:44 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।