शुक्रबार, कात्तिक २८, २०८२

विश्वकप फुटबलमा आज फ्रान्स र अर्जेन्टिनाबीच उपाधि भिडन्त

जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्।
 |  आइतबार, पुस ३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस ३, २०७९

काठमाडौं- जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन्। फाइनल खेल कतारको लुसिल स्टेडियममा  राति ८:४५ बजे सुरु हुनेछ। 

National life

यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो। साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो। अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो।

दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । दुबै देशले हालसम्म समान दुई विश्वकप जितेका छन्।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो। फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो।

प्रकाशित: Dec 18, 2022| 06:35 आइतबार, पुस ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।