शुक्रबार, कात्तिक २८, २०८२

मोरोक्कोलाई हराउँदै क्रोएसिया बन्यो विश्वकपमा तेस्रो

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा २–१ को जित निकाल्दै क्रोएसियाले तेस्रो स्थान हाँसिल गरेको हो।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

काठमाडौं – कतारमा जारी फिफा विश्वकपको तेस्रो स्थानका लागि भएको प्ले अफ खेलका जित निकाल्दै साविक उपविजेता क्रोएसियाले तेस्रो स्थान हाँसिल गरेको छ। कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा २–१ को जित निकाल्दै क्रोएसियाले तेस्रो स्थान हाँसिल गरेको हो।

National life

विश्वकपमा पहिलो पटक सेमीफाइनलको यात्रा तय गरेको मोरोक्कोले भने प्ले अफको खेलमा जित निकाल्न सकेन।

यससँगै युरोपेली देशले विश्वकपमा लगातार एघारौं पटक प्ले अफको खेल जितेको छ। सन् १९७८ मा ब्राजिल तेस्रो भएयताका हरेक विश्वकपमा तेस्रो स्थान युरोपेली देशले हाँसिल गरेको छ। र, यससँगै लगातार ११ औं पटक युरोपेली देशले नै तेस्रो स्थान हाँसिल गरेको हो।

पहिलो पटक सेमीफाइनलमा पुगे पनि अफ्रिकन टिमले तेस्रो उपाधि भने जित्न सकेन्।


Laxmi sunrise bank
kumari

क्रोएसियाले भने विश्वकपमा अन्तिम १४ खेलमध्ये दुई खेलमा मात्र हार बेहोरेको छ। अघिल्लो विश्वकपमा उसले विजेता फ्रान्ससँग फाइनलमा हार बेहोरेको थियो भने यो वर्ष सेमीफाइनलमा अर्जेन्टिनासँग हार बेहोरेको हो।

विश्वकपमा पछिल्ला १४ खेलमा क्रोएसियाको रेकर्ड हेर्दा उसको खेल निकै बलियो देखिएको छ। जहाँ उसले छ खेल बराबरी खेलेको छ। कतार विश्वकपमै मोरोक्कोले विपक्षी टिमविरुद्ध धेरै समय बल नियन्त्रणमा लिए पनि हार बेहोरेको हो।

सेमीफाइनलमा फ्रान्सविरुद्ध ६१ प्रतिसत समय बलमा नियन्त्रण बनाए पनि उसले जित निकाल्न सकेन। उसले आज क्रोएसियाविरुद्ध पनि ४९ प्रतिसत समय बलमा नियन्त्रण बनाएको थियो।

यो जितसँगै क्रोएसियाले २७ मिलियन अमेरिकी डलर पुरस्कार पाएको छ भने मोरोक्कोले २५ मिलियन डलर पाएको छ। आजको खेलमा क्रोएसियाका जे गावार्डियोल र एक ओरसिचले गोल गरेका थिए। मोरोक्कोका डिफेन्डर ए डारीले गोल फर्काए पनि मोरोक्कोले जित निकाल्न सकेन।

खेल अवधिभरी मोरोक्कोले ९ प्रहार गरे पनि एक मात्र गोल गरेको थियो।

प्रकाशित: Dec 17, 2022| 23:11 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।