शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अर्जेन्टिनाको क्रेजले फ्रान्सको उपाधि यात्रालाई असर गर्दैन : प्रशिक्षक डिडियर

अर्जेन्टिनाको क्रेजले फ्रान्सको उपाधि यात्रालाई असर गर्दैन : प्रशिक्षक डिडियर

उनले धेरै मानिसहरुले फ्रान्सले विश्वकप जितेको हेर्न चाहेको कुरा स्विकार गर्दै त्यसले फ्रान्सलाई केहि पनि असर नगर्ने बताएका हुन्।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

काठमाडौं- फ्रान्सका प्रशिक्षक डिडियर डेस्क्याम्पसले अर्जेन्टिनालाई विश्वकप दिलाउने ठूलो भीडले फ्रान्सको उपाधि यात्रालाई असर नगर्ने बताएका छन्।

National life

उनले खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्। उनले धेरै मानिसहरुले फ्रान्सले विश्वकप जितेको हेर्न चाहेको कुरा स्विकार गर्दै त्यसले फ्रान्सलाई केहि पनि असर नगर्ने बताएका हुन्।

यदी उनले भोलीको खेलमा उपाधि जिते उनी लगातार विश्वकप जित्ने  दोस्रो प्रशिक्षक मात्र बन्नेछन्। अहिले फ्रान्सका सात खेलाडी रुम आइसोलेसनमा रहेका छन्। खेलाडी विरामी परेको बारेमा डेस्क्याम्परले नयाँ अपडेट नभएको बताएका छन्। उनले ती खेलाडी रुम आइसोलेसनमा रहेको जानकारी दिएका छन्।

‘हामी उनीहरु विना नै सर्भाइभ गर्न चाहिरहेका छौं। क्याम्पमा जे आवश्यक पर्छ हामी त्यहि गर्नेछौं,’ उनले भनेका छन्।

फ्रान्सले सन् १९९८ मा विश्वकपको पहिलो उपाधि जित्दा डेस्क्याम्पर टिमकप्तान थिए। त्यस्तै, उनले प्रशिक्षक बनेर पनि फ्रान्सलाई उपाधि दिलाएका छन्।

Laxmi sunrise bank
kumari

तर आफ्नो टिमका धेरै खेलाडीलाई चोट लागेको र बिरामी परेपछि उनले यो विश्पकप अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीतर्फ ढल्किएको कुरा स्विकार गरेका छन्।

‘मलाई कहिलेकहिले त्यस्तो भाव पनि आउँछ,’ उनको जवाफ छ, ‘तर म एक्लो पनि ठीक छु त्यस्तो कुराले असर चाहिँ गरिरहेको छैन्।’ उनले आफूलाई खेलको बारेमा कुनै तनाव नभएको जानकारी दिएका छन्। ‘जब तपाईं यस्तो खेलको लागि तयार हुनुहुन्छ, तपाईंले आफू केन्द्रित भएर, खेलमा कम्पोज भइरहनु पर्छ तर यो फाइनल फाइनलजस्तै हुनेछ,’ उनले भनेका छन्।

तर फाइनलपछि नै यो विषय टुंगिने उनको भनाइ रहेको छ। उनले चोट लागेका खेलाडीको बारेमा मात्र कुरा गर्दा पनि ठीकठाक रहेको खेलाडीलाई अन्याय हुने पनि बताएका छन्।

अहिले फ्रान्सका दुई खेलाडी घाइते छन् भने बाँकी २४ खेलाडी फिट रहेका छन्।

प्रकाशित: Dec 17, 2022| 22:15 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।