बिहीबार, साउन ७, २०८३

बैतडीमा एक शिक्षक मृत भेटिए

बैतडीको पाटन नगरपालिका–६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक जना शिक्षक मृत फेला परेका छन्।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

बैतडी- बैतडीको पाटन नगरपालिका–६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि एक जना शिक्षक मृत फेला परेका छन्। 

श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आउनुभएका ५५ वर्षीय धनबहादुर बिष्ट मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। 

बैतडीको सुर्नया गाउँपालिका–२, घरभई लामो समयदेखि पाटनमा शिक्षण गर्दै आएका बिष्ट श्रीकृष्ण माविको छात्रवास पछाडिको भिरालो ठाउँमा शनिबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनका वरिष्ठ प्रहरी नायव निरीक्षक गौरव सिंहले जानकारी दिए। बिष्टको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 17, 2022| 20:40 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।