बुधबार, फागुन २०, २०८२

वेस्ट इन्डिजका चाडविक वाल्टनले जनकरपुरबाट टी–२० लिग खेल्ने

आज जनकुपरले सूचना जारी गर्दै वाल्टनले नेपाल टी२० लिग खेल्ने जानकारी दिएको हो।
 |  शनिबार, पुस २, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २, २०७९

काठमाडौं- आगामि पुष ८ गतेबाट काठमाडौंमा सुरु हुन नेपाल टी-२० लिगमा वेस्ट इन्डिजका चाडविक वाल्टनले जनकपुर रोयल्सबाट खेल्ने भएका छन्। आज जनकुपरले सूचना जारी गर्दै वाल्टनले नेपाल टी-२० लिग खेल्ने जानकारी दिएको हो।

उनी विश्वका धेरै टी-२० लिग खेल्ने चर्चित खेलाडी हुन्। ‘म त्यहाँ क्लबको पार्ट हुन पाएकोमा धेरै खुसी छु। म नेपालमा खेल्नको लागि धेरै भोको छु,’ उनको भनाई उदृत गर्दै क्लबले लेखेको छ, ‘म त्यहाँ केहि रोमाञ्चक खेलहरु खेल्न चहान्छु।’

वाल्टले यसअघि पाकिस्तान प्रिमियर लिग, श्रीलंका प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लगायतका प्रतियोगिता खेलिसकेका छन्। उनी धेरै अनुभवी खेलाडी भएको कारण नेपाली खेलाडीले पनि उनीबाट धेरै कुरा सिक्न सक्ने आशा राखेको बताएको छ।

जनकपुरले यसअघि नेपाली राष्ट्रिय क्रिकेट टिमको पूर्व मूख्य प्रशिक्षक उमेश पटवालालाई पनि अनुबन्ध गरिसकेको छ। जनकपुरले आफूलाई प्रशिक्षकमा नियुक्त गरेपछि पटवालाले नेपाल फर्कनको लागि उत्साही रहेको बताएका छन्। ‘रोयल्ससँग काम गर्न पाउँदा म खुसी छु। म चिनजानका केही खेलाडी र नयाँ युवा खेलाडीसँग काम गर्नका लागि उत्साही छु,’ मुख्य प्रशिक्षकमा नियुक्त भएपछि पटवालाले क्लबसँग भनेका छन्। रोयल्सको मार्की खेलाडीमा सोमपाल कामी रहेका छन्।

त्यस्तै बी क्याटोगोरीको खेलाडीमा सन्दिप जोरा, मोहम्मद आदिल आलम, दिलिप नाथ, ललित राजवंशी रहेका छन्। त्यस्तै सुसन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, खडक बोहरा र राजेश पुलामी सी श्रेणीका खेलाडी हुन्। अब रोयल्सले २४ डिसेम्बरमा पोखरासँग खेल्दै सिजनको सुरुआत गर्नेछ।

kumari

प्रकाशित: Dec 17, 2022| 21:45 शनिबार, पुस २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।